अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा भारतको आर्थिक वृद्धिको प्रशंसा

बितेका पाँच वर्षहरूमा भारतको सरदर आर्थिक वृद्धि ७ प्रतिशतभन्दा अधिक रहेको छ। यही त्यो कारण हो जसले भारतलाई विश्वका तीव्रतम गतिले वृद्धि भइरहेका अर्थव्यवस्थाहरूमध्ये एक बनाएको छ। धेरै मुलुकहरूमा आर्थिक मन्दी, वैश्विक लगानीहरूले सामना गर्नुपरिरहेका जोखिमहरू, व्यापारमा संरक्षणवादको बढ्दै गइरहेको लहर अनि ‘ब्रेक्जिट’ मामिलामा छाएको अनिश्चितालाई मध्येनजर राखेर हेर्नु हो भने, यो वृद्धि अझ अधिक प्रशंसनीय ठहर्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले यसको नवीनतम रिपोर्टमा भारतको आर्थिक प्रगतिको प्रशंसा गरेको छ अनि वित्त वर्ष सन् २०१९-२०२०-मा ७.३ प्रतिशत वृद्धि हुने भविष्यवाणी गरेको छ। मुद्रा कोषले भारतमा लगानीमा मामुली वृद्धि हुने अनुमान पनि लगाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वृद्धिको श्रेय बितेका केही वर्षहरूमा भारतद्वारा गरिएका महत्त्वपूर्ण सुधारहरूलाई दिएको छ। यो वृद्धि हासिल गर्नका साथ भारतले मुद्रास्फीतिलाई पनि नियन्त्रण अधीन राखेको छ अनि वित्तीय घाटालाई बजेटमा निश्चित गरिएको सीमा भित्रै राखेको छ।

देशभित्र साथै अन्तर्राष्ट्रिय स्तरमा भारतले अनेकौं महत्त्वपूर्ण आर्थिक सुधारहरूलाई सुरू गरेको छ अनि व्यापार साथै आर्थिक विशेषज्ञहरूले भारतका यी पाइलोहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले वस्तु एवम् सेवा करका सकारात्मक साथै परिवर्तनकारी प्रभावहरूलाई रेखाङ्कित गरेको छ जसलाई १ जुलाई, सन् २०१७-को दिन सुरू गरिएको थियो अर्थात् ३० जून मध्यरात्रि हुनका साथै यो सहकारी संघवादका  उत्कृष्ट प्रयोगहरूमध्ये एक हो। वैश्विक स्तरमा यति विशाल लोकतन्त्रणा यस्तो कहिल्यै भएको थिएन। यसको अतिरिक्त, दिवाला र दिवालियापन संहिताले दिवालियापनका समस्याहरूको सिङ्गो समाधान प्रस्तुत  गर्नमा औधी मद्दत पुऱ्यायो साथै व्यापार प्रक्रियाको जटिलतालाई धेरै कम्ती बनायो।

आयात निकासी निम्ति ‘सिङ्गल विण्डो’ अर्थात् एउटै स्थानबाट सबै कामहरू हुने व्यवस्था जस्ता खण्डीय सुधारहरू अनि पर्मिटहरू प्राप्त गर्ने व्यवस्थालाई सहज बनाइनुले व्यापारको परिवेशलाई अनुकूल बनायो अनि यी पाइलोहरूले आर्थिक विकासमा वृद्धिलाई मद्दत पुऱ्याए। बितेका केही वर्षहरूमा डिजटलीकरणको संवर्धनको दिशामा ठूलो फड्को हानिएको छ जसमा  प्राप्ति एवम् भुक्तानी निम्ति डिजिटल मञ्चहरूको उपयोग सामेल छ। यी मध्ये सर्वाधिक महत्त्वपूर्ण छ, सामाजिक सहायतासित सम्बद्ध अनेकौं कार्यक्रमहरूको लाभ डिजिटल माध्यमद्वारा सोझै स्थानान्तरित गरिनु। अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतमा भएको डिजिटल कायापलटको प्रशंसा गर्दै भनेको छ कि यसले स्वेच्छा निर्णय र धोकाधडीका अवसरहरूलाई धेरै कम्ती पारेको छ। विश्व ब्याङ्क अनि एसियाली विकास ब्याङ्क जस्ता अन्य अन्तर्राष्ट्रिय आर्थिक सङ्गठनहरूले पनि भारतका आर्थिक सुधारहरू अनि यसका सशक्त आधारहरूको प्रशंसा गरेका छन्। विश्व ब्याङ्कको व्यापार गर्नमा सजिलो मुलुकहरूको सूचीमा भारतको स्थान सन् २०१६-मा १३० थियो जो सन् २०१८-मा ७७ भएको छ। यसको अर्थ हो, ५३ स्थानहरूमाथि जानु जो एक कीर्तिमान हो। वास्तवमा यो बहुपक्षीय ढाँचागत साथै वित्तीय सुधारहरूको परिणाम हो।

हुन त, वृद्धिसित सम्बद्ध संकेतकहरूले खुसी मनाउने अवसर निश्चित रूपले, प्रदान गरेका छन् तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतलाई सतर्क साथै सावधान रहने परामर्श पनि दिएको छ जसमा आर्थिक वृद्धिको गति तय मार्गबाट बाहिर नजाओस्। उद्भव भइरहेका बजारहरू लगायत वैश्विक अर्थव्यवस्थामा वृद्धिका लक्षणहरू निराशाजनक छन् जसले भारतीय अर्थव्यवस्थामाथि प्रतिकूल असर पार्न सक्छन्। भारतसित सामग्री अनि काँचो तेलका मूल्यहरूमा कमी गर्ने जस्ता उपायहरू छन्, तर आगामी दुई-तीन वर्षहरूमा यसमा पनि कमी आउनु सक्छ। यसकारण, आर्थिक वृद्धिको गतिलाई कायम राख्नको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले वित्त व्यवस्थालाई अझ ठोस बनाउने अनि सार्वजनिक ऋणमा कमी  गर्ने सुझाउ दिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले विशेष रूपमा ब्याङ्किङ्ग  एवम् श्रम क्षेत्रमा सुधारहरूको खाँचोलाई औल्याएको छ अनि भनेको छ, यसो गरे व्यापारमा विस्तार हुनेछ तथा तीव्र र समावेशी वृद्धिलाई बढुवा मिल्नेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले ब्याङ्कहरूका अनर्जक सम्पत्तिहरूमा ठूलो कमी गर्ने तथा विशेष गरी, सरकारको स्वामीत्वमा रहेका ब्याङ्कहरूमा पुँजीकरणको स्तरलाई बढाउने सिफारिस गरेको छ। यसले अलक्षित सब्सिडीहरूलाई नियन्त्रित गर्ने तथा वस्तु एवम् सेवा कर लगायत राजस्वसम्बन्धी प्रशासनलाई अधिक प्रभावशाली बनाउने खाँचोलाई पनि रेखाङ्कित गरेको छ।

व्यापारमा तगारो तेर्साउने प्राचीन नियम एवम् कानुनहरूलाई हटाउँदै सुधारहरूको मार्गमा अटल रहेर अगाडि बढ्ने भारतको प्रतिबद्धता  आशाको उज्जवल किरण हो। लगानीहरूलाई आकृष्ट गर्न तथा निर्यातद्वारा हुने वृद्धिलाई बढुवा दिनको लागि भारतले नयाँ नीतिहरूलाई तयार पारिरहेको छ। भारत वैश्विक अर्थव्यवस्थाको एक प्रमुख सञ्चालक बनिरहनु जारी रहनेछ तथा यो देशले नवाचार र उद्यमिताका प्रेरक गाथाहरूलाई प्रस्तुत गर्नु जारी राख्नेछ।

आलेखः वरिष्ठ आर्थिक विश्लेषक, आईआरएस, सत्यजीत मोहन्ती

अनुवादकः राज कुमार सिंह

वाचकः रञ्जना खवास