पाकिस्तानमा गर्जनकासाथ हावाहुरीमा २६ जनाको मृत्यु

 

पाकिस्तानमा देशका विभिन्न भागहरूमा गर्जनाका साथ आएको भयङ्कर हावाहुरीमा परेर कम्तिमा २६ जनाको ज्यान गएको छ भने अन्य कैयौँजना घाइते भएका छन्।

मीडिया खबरहरूअनुसार केही इलाकाहरूमा पैह्रो जानाले र अचानक बाढी आउनाले कैयौँ सडकहरू यात्राका लागि खतरनाक बनेका छन्। पञ्जाब प्रान्तमा गर्जनाका साथ हावाहुरीको परिणामस्वरूप कैयौँ भवनहरू धराशायी भएका छन् जसमा दुई महिलाहरूसमेत कम्तिमा नौजनाको ज्यान गएको छ।

खैबर पख्तुनख्वा प्रान्तमा दुई पुरुष र एक महिलाको ज्यान उनीहरूको घरको छत भत्किँदा भएको छ।

बलोचिस्तान प्रान्तमा अधिकारीहरूले हिजो भयङ्कर वर्षा र अचानक बाढी आएपछि आपतकालीन स्थितिको घोषणा गरेका छन्। यसमा एक बच्चालगायत कम्तिमा नौजनाको ज्यान गएको खबर छ।

कराचीमा भएको एक छुट्टै घटनामा धुलोकासाथ आएको हावाहुरीमा दुई बालिकाहरूलगायत चारजनाको ज्यान गएको छ। यो घटनामा चारजना मछुआहरू पनि बेपत्ता भएको खबर छ।