आज महावीर जयन्ती पारम्परिक हर्षोल्लासका साथ मनाइँदै

 

आज देशभर २४औँ तथा अन्तिम जैन तीर्थङ्कर भगवान महावीरको जन्म जयन्ती मनाइँदै छ।

यो जैन धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र दिन हो। भगवान महावीरका अनुयायीहरूले यो दिन प्रार्थना गर्दै, प्रसाद ग्रहण गर्दै अनि रथ यात्राहरूमा भाग लिएर मनाउने गर्दछन्।

राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम. वेंकैया नायडूले यस अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

एक सन्देशमा राष्ट्रपतिले भगवान महावीरको शान्ति र अहिंसाको सन्देशले हाम्रो सांस्कृतिक विरासतलाई समृद्ध पारेको बताउनुभएको छ। उहाँले यस पवित्र दिनमा मानिसहरूले देश र विश्वभर सौहार्दका लागि अथक प्रयास गर्ने अठोट गर्नु पर्छ भन्नुभएको छ।

उपराष्ट्रपतिले आफ्नो सन्देशमा भगवान महावीरको अहिंसा, सत्य र सर्वव्यापी अनुकम्पाको सन्देशले सत्य र इमानदारिताको मार्गलाई प्रकाशमय पारेको छ भन्नुभयो। श्री नायडूले भन्नुभएअनासार भगवान महावीरका उपदेशहरू सर्वव्यापी छन् र तसर्थ समग्र विश्वको लागि प्रासङ्गिक छ भन्नुभयो।