राष्ट्रसंघका सांस्कृतिक विशेषज्ञहरूले पेरिसको नोट्र डाम गिर्जाघरको पुनर्निर्माणमा सहयोग गर्ने

 

राष्ट्र संघका सांस्कृतिक विशेषज्ञहरूले आगलागीले क्षतिग्रस्त पेरिसको प्राचीन नोट्र डाम गिर्जाघरको पुनर्निर्माणका लागि सहयोगको प्रस्तावलाई अगाडि सारेका छन्।

युनेस्को विश्व धरोहर केन्द्रका निदेशक मेकटिल्ड रसलरले बताउनुभएअनुसार सो गिर्जाघर एउटा विश्वव्यापी प्रतीक र फ्रान्सको प्रमुख आकर्षणको केन्द्र हो र यसमा आगलागी भएकोमा राष्ट्रहरू स्तब्ध भएका छन्। श्री रसलरले भन्नुभयो,  गिर्जाघर विश्व धरोहर स्थलको एउटा भाग हो र १९९१-मा यसलाई विश्व धरोहरको सूचीमा सामेल गरिएको थियो।

११६०-को दशकमा गिर्जाघरको निर्माण कार्य सुरु गरिएको थियो र निर्माण कार्य पूरा हुन एक शताब्दी भन्दा बढी समय लागेको थियो। सो गिर्जाघर फ्रेन्च गोथिक आर्किटेक्टको एउटा उत्कृष्ट नमुना थियो।