वित्तीय संकटमा परेको एयरलाइन जेट एयरवेजले आफ्ना सबै सञ्चालनहरू स्थगित गऱ्यो

 

वित्तीय संकटमा परेको एयलाइन जेट एयरवेजले आजदेखि  आफ्ना सबै उडानहरू अस्थायी रूपले स्थगित गरेको छ।

कम्पनीले एक वक्तव्यमा भनेको छ, आगामी दिनमा कुनै अन्य स्रोत वा ऋणदाताहरूबाट संकटकालीन कोष प्राप्त नभइञ्जेल एयरलाइनले विमान सञ्चालन गर्न  ईन्धन र अन्य आवश्यक सेवाहरूका लागि भुक्तान गर्न सक्नेछैन।

जेट एयरवेजले नागरिक उड्डयन महानिदेशालय- डिजिसिए, नागरिक उड्डयन मन्त्रालय तथा वित्त एवम् अन्य सम्बद्ध सरकारी संस्थानहरूलाई यसबारे सूचित गरेको छ।

यसैबीच नागरिक उड्डयन मन्त्रालय र अन्य नियामकहरूले स्थितिको निरीक्षण गरिरहेका छन्। बैंकको नेतृत्त्वमा प्रस्ताव प्रक्रिया जारी छ र आगामी महिना १० तारिखसम्ममा निर्णय हुने सम्भावना छ। यस अवधिमा मन्त्रालयले वर्तमान कानून तथा नियामक रूपरेखाभित्र रहेर प्रस्ताव प्रक्रियामा सहयोग गर्नेछ।

मन्त्रालयले भनेको छ, कुनै पनि यात्रीहरूको शिकायत वा मामिलाहरूबारे तुरन्तै एयर सेवा पोर्टल वा मोबाइल ऐपमा जानकारी दिनुपर्छ र मन्त्रालयले तुरन्तै त्यसमा कारबाही गर्नेछ।

नागरिक उड्डयन सचिवले आज विमानस्थल र एयरलाइनका साथ छुट्टा-छुट्टै बैठकहरू डाकेको छ।