भारत र पाकिस्तानबीच करतारपुर कोरिडोर सम्बन्धित थुप्रै मामिलाहरूमा कुराकानी

 

भारत र पाकिस्तानले करतारपुरमा गुरुद्वारा साहिबलाई पञ्जाबको गुरदासपुर जिल्लामा डेरा बाबा नानकसित जोडने करिडोरका सम्बन्धी रूपरेखामाथि चर्चा गर्न मंगलवार बैठक गरे।

सूत्रकाअनुसार भारतले बैठकको प्रस्तावलाई अगाडि सारेको थियो र पाकिस्तानले यसमा सहमति जनायो। यस परियोजना लागू गर्ने प्रक्रिया तीव्र गतिमा भइरहेको बताइएको छ।

दुइ पक्षका तकनीकी विशेषज्ञ र विदेश कार्यालयका अधिकारीहरूले बैठकमा भाग लिए। उनीहरूले  पुल निर्माण कार्य पूरा गर्न र सडक डिजाइनमाथि पनि कुराकानी गरेको बताइएको छ।

करतारपुर साहिब डेरा बाबा नानक गुरुद्वारादेखि लगभग चार किलोमीटर टाडा रावी नदी पारी पाकिस्तानको नरोवाल जिल्लामा अवस्थित छ। गत १४ मार्चमा भारतको अटारी-वाघा सीमामा करिडोरको रूपरेखालाई अन्तिम रूप दिन पहिलो बैठक भएको थियो।