लोकसभा चुनाउको पाँचौँ चरणका लागि नामाङ्कन बुझाउने आज अन्तिम दिन

 

लोकसभा चुनाउको पाँचौँ चरणका लागि नामाङ्कन बुझाउने आज अन्तिम दिन हो। यस चरणमा ७ राज्यका ५१ निर्वाचन क्षेत्रहरूमा ६-मे-को दिन मतदान हुनेछ। आगामी शनिवार नामाङ्कन पत्रहरूको जाँच गरिनेछ। सोमवार नामाङ्कन फिर्ता गर्ने गर्ने अन्तिम दिन हो।

बिहारमा पाँचौँ चरणको मतदानका लागि बुधवार १९ उम्मेद्वारहरूले नामाङ्कन बुझाए। यसका साथै नामाङ्कन बुझाउने उम्मेद्वारहरूको संख्या ८८ पुगेको छ।। पूर्व केन्द्रीय मन्त्री राजीव प्रताप रूडीले सारन निर्वाचन क्षेत्रबाट नामाङ्कन बुझाउनुभएको छ।

केन्द्रीय मन्त्री राधा मोहन सिंहले छैटौँ चरणको मतदानका लागि पूर्वी चम्पारणबाट नामाङ्कन बुझाउनुभएको छ।