बजरङ्गले विश्व कुश्ती ऱ्याङ्किङ्ग्समा शीर्ष स्थान पुनः प्राप्त गरे

भारतका बजरङ्ग पुनियाले पुरुषहरूको ६५ किलोग्राम फ्रीस्टाइल वर्गको ऱ्याङ्किङ्गमा विश्वको नम्बर एक स्थान पुनः प्राप्त गरेका छन्।

यो ऱ्याङ्किङ्ग्स युनाइटेड वर्ल्ड रेसलिङ्गद्वारा बुधवार राति जारी गरिएको हो।

पोहोर एसियाली  र राष्ट्रमण्डल खेलकुदमा स्वर्णका साथै विश्व च्याम्पियनशिपमा रजत पदक विजेता पुनियाले रसियाका अखमद चाकाएभ-भन्दा अगाडि ५८ अङ्क हासिल गरे।

बजरङ्ग हाल यो महिनाको २३ तारिखदेखि चीनमा हुने एसियाली कुश्ती च्याम्पियशिपका लागि तयारी गरिरहेका छन्। उनी विश्वमा नम्बर एक पहलमानको स्थानमा पोहोर नोभेम्बरमा पुगेका थिए। विगत महिना उनले बुल्गारियामा दान कोलोभ-निकोला टुर्नामेन्टमा स्वर्ण पदक जितेका थिए।