उत्तर कोरियाद्वारा परमाणु वार्तालापबाट माइक पोम्पियोलाई हटाउने माग

उत्तर कोरियाले परमाणु वार्तालापबाट अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोलाई हटाउने माग गरेको छ।

झण्डै आधा वर्षपछि यसले ट्याक्टिकल निर्देशित हतियारको नयाँ प्रकारको परीक्षण गरेपछि यो माग राखिएको छ।

एक वक्तव्यमा विदेश मन्त्रालयमा अमेरिकी मामिला विभागको महानिर्देशक क्वोन जोङ्ग गनद्वारा श्री पोम्पियोमाथि  वार्तालापका लागि उत्तर कोरियाका आवश्यकताहरूको अर्थलाई गलत ढङ्गले व्याख्या गरेको आरोप लगाउनुभएको छ।

वक्तव्यमा एक भिन्दै समकक्षको माग गरिएको छ, जो संवाद गर्नमा बढी सावधान र परिपक्व होस्।

अमेरिकाले उत्तर कोरियासित वार्तालापका लागि तयार रहेको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ताले भनेअनुसार वाशिङ्गटन प्योङ्गयाङ्गको मागबारे अवगत छ, तर उहाँले सोझै यसमाथि टिप्पणी गरेनन्।

अमेरिकाका कायममुकायम रक्षा मन्त्री प्याट्रिक शनाहनले उत्तर कोरियाद्वारा परीक्षण गरिएका हतियारहरूमा ब्यालिस्टिक मिसाइल नरहेको बताउनुभएको छ।