आज गुड फ्राइडेको पालन गरिँदैछ

विश्वभरका ख्रिस्टानहरूले यिशु मसीहलाई क्रसमा झुण्ड्याइएको स्मृतिमा आज गुड फ्राइडेको पालन गरिँदैछ। यो इस्टर सन्डेअघिको सुक्रवारका दिन पालन गरिन्छ। इस्टर सन्डेका दिन यिशु मसीह पुनर्जिवित भएका थिए भन्ने विश्वास गरिन्छ। यो दिनलाई होली फ्राइडे, ग्रेट फ्राइडे, ब्ल्याक फ्राइडे र इस्टर फ्राइडे-को नामले पनि जानिन्छ।

प्रधान मन्त्री नरेन्द्र मोदीले यिशु मसीहका बलिदानहरूको सम्झना गर्नुभएको छ। एक ट्वीटमा श्री मोदीले प्रभु यिशुको जीवन धेरैजनाका लागि समृद्ध आदर्श र अनुकरणीय साहसको स्रोत बताउनुभएको छ। यिशु मसीहका उपदेशहरूले असमानता र अन्यायमुक्त विश्वमाथि बल दिन्छ भनी श्री मोदीले भन्नुभएको छ।

गोवामा पुरानो गोवामा बासिलिका अफ बोम जिसस, अनि पणजीमा आवर लेडी अफ द इम्याकुलेट कन्सेप्शन चर्च र डन बोस्को मैदानका लगायत सबै प्रमुख गीर्जाघरहरूमा विशेष प्रार्थना सभा एवम् झाँकीहरू निकालिएका छन्।