सरकारद्वारा जम्मू-कश्मीरमा नियन्त्रण रेखामा व्यापार निलम्बित

 

सरकारले सुक्रवार १९ अप्रिलदेखि जम्मू एवम् कश्मीरमा नियन्त्रण रेखामा व्यापारलाई निलम्बित गरेको छ।

गृह मन्त्रालयले यससम्बन्धी आदेश जारी गरेको छ।

पाकिस्तानमा अड्डा भएका तत्वहरूद्वारा नियन्त्र रेखा वारिपारि व्यापार मार्गहरूको प्रयोग अवैध हतियार, लागु पदार्थ र जाली नोटहरू भित्राउनमा गरिरहेका छन् भन्ने रिपोर्टहरू प्राप्त भएपछि सरकारले यो निर्णय गरेको हो।

नियन्त्रण रेखामा व्यापारको उद्देश्य जम्मू एवम् कश्मीरमा नियन्त्रण रेखा वारिपारि स्थानीय जनताबिच सामान्य प्रयोगका सामानहरूको विनिमय गर्नमा सहुलियत उपलब्ध गराउनु हो।

बारामूला जिल्लाको उरीमा सलामाबाद, र पूँछ जिल्लामा चक्कन-दा-बाग  स्थित दुइटा व्यापार सहुलियत केन्द्रहरूमार्फत व्यापारको अनुमति छ। व्यापार सामान अदला-बदली र शून्य भन्सार आधारमा छ।

मन्त्रालयले भनेअनुसार नियन्त्रण रेखामा व्यापारको साह्रै ठुलो स्तरमा दुरुपयोग भइरहेको रिपोर्ट प्राप्त भइरहेका छन्। सन्दिग्ध एवम् राष्ट्र-विरोधी तत्वहरूद्वारा यो मार्गको प्रयोग  व्यापारको निहुँमा हवाला रकम, लागू पदार्थ र हतियारहरूको तस्करीका लागि गरिरहेका छन्।

पुलवामा घटनापछि सरकारले पाकिस्तानलाई सर्वाधिक प्राथमिकता प्राप्त मुलुकको दर्जा फिर्ता लिएको छ। गृह मन्त्रालयअनुसार के पनि खबर पाइएको थियो भने उच्च भन्सारबाट बच्नका लागि नियन्त्रण रेखामा व्यापारको दुरुपयोग व्यापक मात्रामा भइरहेको छ।

मन्त्रालयका सूत्रहरूअनुसार जम्मू-कश्मीर र पाकिस्तान अधिग्रहित जम्मू-कश्मीरबिच नियन्त्रण रेखामा व्यापारको अनुमति दिइनुपछाडि प्रमुख उद्देश्य स्थानीय व्यापारलाई बढुवा दिनु र स्थानीय रूपमा निर्मित एवम् उत्पादित उत्पादनहरूको व्यापार र विनियमको सहुलियत प्रदान गर्नु थियो।