लोकसभा चुनावको दोस्रो चरणमा ६६% मतदान

लोकसभा चुनावको दोस्रो चरणमा छयसट्ठी प्रतिशत मतदान दर्ज गरिएको छ। ११ राज्य र एक केन्द्र प्रशासित क्षेत्रमा फैलिएका पञ्चान्नब्बे संसदीय निर्वाचन क्षेत्रहरूमा बिहीवार दोस्रो चरणको मतदान भएको थियो।

नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै वरिष्ठ उप निर्वाचन आयुक्त उमेश शर्माले दोस्रो चरणको मतदान शान्तिपूर्ण रहेको बताउनुभयो। मानिसहरूले ठुलो संख्यामा आफ्ना मताधिकारको प्रयोग गरे।

पुडुचेरीमा सर्वाधिक ७८ प्रतिशत मतदान भयो भने दोस्रो नम्बरमा पश्चिम बङ्गाल रह्यो जहाँ ७६.०७ प्रतिशत मतदाताहरूले मतदान गरे। तमिलनाडूमा ३९ मध्ये ३८ सीटहरूमा मतदान भएको थियो जसमा ७२ प्रतिशत मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गरे।

ओडिशामा ३५ र तमिलनाडूमा १८ विधान सभा सीटहरूका लागि पनि मतदान भएको थियो। ओडिशामा लोकसभा र विधान सभा दुवैका लागि ६४ प्रतिशत मतदान भयो।