नेपालले आफ्नो पहिलो उपग्रह अमेरिकाबाट प्रक्षेपण गऱ्यो

नेपालले बिहीवार आफ्नो पहिलो उपग्रह अमेरिकाबाट अन्तरिक्षमा सफलतापूर्वक पठाएको छ। यसको काम हिमाली मुलुकको विस्तृत भौगोलिक जानकारीहरू एकत्र गर्नु हो। यसबाट नेपालका जनता र वैज्ञानिकहरूमा अपार हर्षको सञ्चार भएको छ।

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (NAST) अर्थात् नेपाल विज्ञान एवम् प्रविधि प्रज्ञा प्रतिष्ठानअनुसार नेपाली वैज्ञानिकहरूद्वारा विकसित नेपालीस्याट-१ उपग्रह अमेरिकाको भर्जिनियाबाट नेपाली समय विहान २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो।
हाल जापानको क्युशु प्रविधि संस्थानमा अध्ययनरत दुईजना नेपाली वैज्ञानिकहरू आभास मास्के र हरिराम श्रेष्ठले उनीहरूको संस्थानको BIRDS परियोजनाअन्तर्गत यो उपग्रहको विकास गरेका हुन्।
नेपालका प्रधान मन्त्री के.पि. शर्मा ओलीले यो उपग्रहको विकासमा संलग्न सबै वैज्ञानिकहरू र संस्थानहरूलाई बधाई दिनुभएको छ। उहाँले देशको आफ्नै उपग्रह हुने ठुलो सम्मानको कुरा हो भन्नुभएको छ।