ढाका अदालतद्वारा तारिक रहमानका ३ बैँक खाताहरूलाई अचल पार्ने आदेश

बाङ्ग्लादेशमा ढाका अदालतले बाङ्ग्लादेश नेशनलिस्ट पार्टीका कायममुकायम अध्यक्ष तारिक रहमान र उहाँकी धर्मपत्नी जुबैदा रहमानका तीन बैँक खाताहरू अचल पार्ने आदेश दिएको छ। यी खाताहरूलाई बाङ्ग्लादेशको धनशोधन रोकथाम कानुनअन्तर्गत अचल पारिने छ।

यो आदेश हिजो ढाका सत्र न्यायादीशले बाङ्ग्लादेशको भ्रष्टाचार निरोधक आयोगद्वारा दायर एक मुद्दामा दिएको हो। यो मुद्दामा तीन बैँक खाताहरू ब्रिटिश बैँक सानटान्दर यु.के. पिलसि. अन्तर्गत सञ्चालित छन्।

अदालतको आदेश बाङ्ग्लादेशको गृह मन्त्रालयद्वारा ब्रिटिश एटोर्नी जनरलको कार्यालयमार्फत पठाइने छ।
तारिख रहमान उपचारका लागि पेरोलमा निस्केपछि सन् २००८ देखि लन्डनमा बसिरहेका छन्। उनी सन् २००४-मा शेख हसिनालाई तारो बनाइ गरिएको एक ग्रिनेड हमलाका लागि आजीवन कारावासको सजाय काटिरहेका छन्। उनीमाथि बाङ्ग्लादेशमा धन-शोधन र अन्य अनेकौ आरोपहरूमा एघार मुद्दाहरू चलिरहेका छन्।