जेट एयरवेज शेयरहरू १० प्रतिशत झरे

जेट एयरवेजका शेयरहरू यो रुग्ण एयरलाइनद्वारा आफ्ना गतिविधि अस्थायी रूपमा बन्द गरेको एकदिन पछि बिहीवार बजार कुल्दा १० प्रतिशत झरे।

बम्बे स्टक एक्सचेन्जमा पछिल्लो बन्दको स्तरको तुलनामा निम्न सर्कट ‌₹२१७.७०-मा झऱ्यो जो १० प्रतिशतको गिरावट हो।

नेशनल स्टक एक्सचेन्जमा पनि यस्तै प्रवृत्ति देखियो। यो तल झरेर न्यून मुल्य ब्यान्ड ₹२१६.४५-मा झऱ्यो।
ऋणदाताहरूले बुधवार जेट एयरवेजलाई कुनैपनि सङ्कटकालीन कोष नदिने निर्णय गरेपछि एयरलाइनले उसका गतिविधिहरू अस्थायी रूपले बन्द गर्ने घोषणा गरेको थियो।

यसैबिच, बिहीवार एक वक्तव्यमा जेट एयरवेजका ऋणदाताहरूले के भनेका छन् बने स्टेक बिक्रीका लागि सफल लिलामी प्रक्रियाबारे उनीहरू आशावान छन्।

यो घोषणा बजार खुल्नुभन्दा पहिले एकाविहानै गरिएको थियो।