जोकोविच र नडाल मोन्टे कार्लो मास्टर्स क्वार्टर-फाइनल्समा

टेनिसमा शीर्ष वरियताप्राप्त नोभाक जोकोविच र ११ पटक च्याम्पियन रहेका रफाएल नडाल हिजो राति मोन्टे कार्लो मास्टर्स क्वार्टर-फाइनल्समा पुगेका छन्।

जोकोविचले अमेरिकी खेलाडी टेलर फ्रिट्जलाई ६-३ र ६-० ले पराजित गरे। दुईपटक टुर्नामेन्ट च्याम्पियन रहेका जोकोविचले सन् २०१६-मा साम क्वेर्रेबाट विम्बल्डनमा पराजित भएपछि अमेरिकीहरू विरुद्ध लगातार जीतको शृङ्खलामा यो उनको नौऔँ जित थियो। अब आज जोकोविच ररसियाका डानील मेदवेदेवबिच मुकाबिला हुनेछ।

नडालले भने पोहोर सेमि-फाइनलमा बुल्गारियाका ग्रिगोर दिमिद्रोभविरुद्ध जितलाई नै दोहोऱ्याउँदै १२औँ पल्ट उनलाई ६०४ र ६-१-ले पराजित गरे। अब उनको मुकाबिला आज अर्जेन्टिनाका गुइदो पेल्लासित हुनेछ।