आइ.पि.एल.: मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गऱ्यो

आइ.पि.एल. क्रिकेटमा मुम्बई इन्डियन्सले हिजो राति दिल्लीको फिरोज शाह कोटला स्टेडियममा भएको दोस्रो चरणको म्याचमा दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गऱ्यो।

विजयका लागि १६९ रनको लक्ष्यलाई पछ्याउँदा दिल्ला क्यापिटल्सलाई मुम्बई इन्डियन्सले नौ विकेटमा १२८ रनमा नै सीमित गऱ्यो। राहुल चाहरले ३ विकेट लिए भने जसप्रीत बुमराहले २ विकेट लिए।
त्यसअघि, मुम्बई इन्डियन्सले टस जितेर ब्याटिङ्ग गर्न रोजेको थियो। हार्दिक पान्ड्याको १५ बलमा ३२ रन र क्रुनाल पान्ड्याको २६ बलमा अविजित ३७ रनको मद्दतले मुम्बई इन्डियन्सले पाँच विकेटमा १६८ रन बनाएका थिए। ओपनर क्विन्टन डे कोकले ३५ रन बनाए।

आज कोलकातामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबिच मुकाबिला हुनेछ।