भारतले नेपालमा छयोफेल कुन्डलिङ्ग गुम्बाको निर्माण गऱ्यो

भारतले नेपालमा छ्योफेल कुन्डलिङ्ग गुम्बाको पुनर्निमाण गरेको छ। श्यालपा तेन्जिङ्ग रिन्पोछेले सुक्रवार सिन्धुपाल्चोक जिल्लाको लिसान्खु गाउँमा पुनर्निमाण गरिएको गुम्बाको उद्घाटन गर्नुभयो। यस अवसरमा भारतीय दूतावासका मिसन उप प्रमुख डॅ अजय कुमार पनि उपस्थित हुनुहुन्थ्यो। भारत सरकारको १० लाख ८९ हजार नेपाली रुपैयाँको सहयोगमा सो गुम्बाको पुनर्निमाण गरिएको हो। यस परियोजनामा आवास, भान्साकोठा, स्वच्छता सुविधा र परिसरमा पर्खाल निर्माण गर्ने जस्ता अतिरिक्त भौतिक पूर्वाधार पनि सामेल छन्। १९४६-मा  लिसान्खु गाउँलेहरूको योगदान र सक्रिय पहलमा छ्योफेल कुन्डलिङ्ग गुम्बाको निर्माण गरिएको थियो। सो गुम्बामा बौद्ध धर्मको शिक्षा, थान्का पेन्टिङ्ग, काष्ठ कला जस्ता विविध सामाजिक एवम् सांस्कृतिक गतिविधिहरू पनि हुन्छन्। यो एक महत्त्वपूर्ण धरोहर भवन हुनुका साथै क्षेत्रमा सामाजिक र सांस्कृतिक जीवनको एक अभिन्न अङ्ग पनि हो।