सऊदी अरबले भारतको हजकोटा बढाएर २ लाख पुऱ्यायो

सऊदी अरबले भारतका  हज यात्रीहरूको कोटा एक लाख ७५ हजारबाट बढाएर २ लाख बनाउन एउटा औपचारिक आदेश जारी गरेको छ। आधिकारिक सूत्रले जानकारी दिएअनुसार यस फैसलाले उत्तर प्रदेश, पश्चिम बङ्गाल, आन्ध्र प्रदेश र बिहार जस्ता ठूला राज्यका हज यात्रीहरूको आवेदनको प्रतीक्षा सूची समाप्त गर्न सकिनेछ र उनीहरूले यो वर्ष हज यात्रा गर्न सक्नेछन्।

यो वर्ष फेब्रुअरीमा सऊदी अरबका युवराज मोहम्मद-बिन-सलमानले प्रधान मन्त्री नरेन्द्र मोदीका साथ एउटा बैठकमा भारतको हज कोटामा २५ हजारको बढोत्तरी गरिने घोषणा गर्नुभएको थियो।

सूत्रहरूअनुसार यो वर्ष बिना सब्सिडी २ लाख भारतीय मुस्लिमहरूले हज यात्रा गर्ने सम्भावना छ। २,३४० भारतीय मुस्लिम महिलाहरू बिना मेहरम अर्थात पुरुष आफन्त  हज यात्रामा जानेछन्।