सुषमा स्वाराजद्वारा भारतीयहरूलाई युद्धले जर्जर त्रिपोलीबाट फिर्ता आउन आग्रह

परराष्ट्र मन्त्री श्रीमती सुषमा स्वाराजले भारतीयहरूलाई युद्धले जर्जर बनेको लिबियाको राजधानी त्रिपोलीबाट फिर्ता आउने आग्रह गर्नु भएको छ। उनीहरूले यसो नगरे आगामी दिनमा त्यहाँबाट उनीहरूलाई उद्धार गर्न सरकार असमर्थ रहने बताउनु भएको छ।

एक ट्वीटमा, श्रीमती स्वराजले भन्नुभयो, सो मुलुकसित भारतको विमान सेवा अहिले जारी छ।

उहाँले भन्नुभयो, लिबियाबाट धेरैलाई फिर्ता ल्याइएपछि अनि त्यहाँको यात्रामा प्रतिबन्ध लगाइएपछि पनि त्रिपोलीमा अझै पनि ५०० भारतीय मानिसहरू छन् अनि सो मुलुकको स्थिति भने शीघ्र रुपमा बिग्रँदै गइरहेको छ।