सरकारद्वारा १९ अप्रेलदेखि जम्मू-कश्मीरमा एल.ओ.सी व्यापार स्थगित

सरकारले १९ अप्रेल सुक्रबारदेखि जम्मू-कश्मीरमा एल.ओ.सी व्यापार स्थगित राखेको छ।

यस सम्बन्धमा गृह मन्त्रालयद्वारा एक आदेश जारी गरिएको छ। पाकिस्तानमा रहेका तत्वहरूले गैरकानूनी हतियार, लागु औषध र जाली नोटहरूको ओसार-पसारमा सिमाना वारीपारी हुने एल.ओ.सी व्यापार मार्गको प्रयोग गर्दैछन् भन्ने सरकारले रिपोर्ट पाएको हुनाले यो निर्णय लिइएको हो।

जम्मू-कश्मीरमा नियन्त्रण रेखा वारीपारीको मार्गबाट हुने व्यापार स्थानिय मानिसहरुमाझ सामान्य प्रयोगका वस्तुहरूका आदान प्रदानलाई सहज बनाउनलाई गरिन्छ।

यो व्यापार दुई मुख्य सुविधा केन्द्रहरू मार्फत गरिन्छ। यी केन्द्रहरू बारामुल्ला जिल्लामा पर्ने उरीको सालामावादमा अवस्थित छ भने अर्को चाहिँ पुँछ जिल्लाको चाकान-दा-बागमा अवस्थित छ।

पुलवामा हमलापछि सरकारले पाकिस्तानलाई दिएको ‘सर्वाधिक प्राथमिकता प्राप्त मुलुक’-को दर्जा पनि फिर्ता लिएको छ।