मालीमा प्रधान मन्त्री र उहाँका सरकारले दियो राजीनामा

मालीका प्रधान मन्त्री र उहाँको समग्र सरकारले राजीनामा दिएको छ। अशान्त बनेको मोपटी क्षेत्रमा हिंसाको सामना गर्न असमर्थ बनेपछि उहाँ र उहाँको सरकार दबावमा परेको थियो।

२३ मार्चमा बुरकिनो फासो सीमा नजिक ओगोसागउ गाउँमा हिंसा भएपछि १६० मानिसहरूको ज्यान गएको थियो र सोही समयदेखि विवाद चर्किएको थियो।

राष्ट्रपति इब्राहिम बाउबकार कीताको कार्यालयबाट जारी गरिएको एक वक्तव्यमा उहाँले प्रधान मन्त्री र उहाँको मन्त्रिमण्डलको राजीनामा स्वीकार गर्नुभएको बताइएको छ।

नयाँ प्रधान मन्त्रीको नामको चाँडै घोषणा गरिने र सबै राजनीतिक दलहरूसित विचार-विमर्श गरेपछि नयाँ सरकारको गठन गरिने बताइएको छ।