उत्तर कोरियामाथि गतिरोध जारी रहेकैबीच अमेरिका र जापानबीच बैठक

अमेरिका र जापानका वरिष्ठ नेताहरूले वाशिङ्गटनमा बैठक गरेका छन्। आफ्ना परस्पर विरोधी उत्तर कोरियाका साथ कुटनीतिक सम्झौतामा पुग्नका लागि गतिरोध जारी रहेकैबीच यो बैठक भएको छ। अमेरिकाका विदेश मन्त्री माइक पोम्पिओले यस वार्ताका लागि जापानका विदेश मन्त्री तारो कोनोलाई स्वागत गर्नुभयो। हनोईमा राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच विफल शिखर वार्ताको लगभग दुइ महिनापछि अमेरिका र जापानका मन्त्रिहरूबीच यो बैठक भएको छ।

श्री ट्रम्प र उहाँकी धर्मपत्नी मेलानिया आगामी मे-मा जापान भ्रमणमा जानुहुनेछ। सम्राट नरुहितोको राज्याभिषेकपछि उहाँहरू प्रथम राजकीय अतिथि बन्नुहुनेछ।

जापानले उत्तर कोरियाका साथ श्री ट्रम्पको शान्ति पहलको सार्वजनिक रूपले समर्थन गरेको थियो।