चीन भारतका साथ वुहान जस्तै एउटा अर्को शिखर वार्ताका लागि तयार छः विदेश मन्त्री

चीनले भारतका साथ सम्बन्ध सुधार्न वुहान जस्तै अर्को शिखर बैठक गर्न आफू तयार रहेको बताएको छ। भारतले चीनको एक-क्षेत्र, एक मार्ग पहलमाथि आगामी साता चीनमा आयोजित हुने बैठकमा भाग नलिने निर्णय गरेकैबीच चीनले यस्तो प्रतिक्रिया व्यक्त गरेको छ।

चीनको अर्बौँ डलरको बेल्ट एन्ड रोड पहल, बिआरआइ-बारे चर्चा गर्न आगामी २५ देखि २७ अप्रिलसम्म हुने बेल्ट एन्ड रोड फोरमको बैठक भन्दा पहिले संवाददाताहरूलाई सम्बोधित गर्दै चीनका विदेश मन्त्री वाङ्ग यीले भारतसँग सिपिइसिको विरोध नगर्न अपील गर्नुभयो। प्रधान मन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी जिनपिङ्गबीच वुहान शहरमा निकै सफल वार्ता भएको श्री वाङ्गले बताउनुभएको छ।