मलेसियाद्वारा चीन समर्थित दोस्रो विशाल परियोजनाको पुनरुद्धार

चिनियाँ ठेकदार निर्माण लागत एक तिहाइले घटाइ १०.६ अर्ब डलर पार्न  सहमत भएपछि मलेसियाले चीन समर्थित एउटा रेल लिङ्क परियोजनालाई पुन: सुरु गर्ने भएको छ।

मलेसिया सरकारले बताएअनुसार, उसले कुआलालम्पुरमा चीनको सरकारी कम्पनी संलग्न एउटा खर्बौँ डलरको सम्पत्ति एवम् परिवहन परियोजनालाई पनि सुरु गर्नेछ जुन परियोजनालाई उसले चीनको वैश्विक “बेल्ट एन्ड रोड” पूर्वाधार पहलमा एउटा योगदान बतायो।

प्रधान मन्त्री महथिर मोहम्मदले, जो आगामी साता दोस्रो बेल्ट एन्ड रोड फोरममा भाग लिनका लागि चीनको भ्रमणमा जाँदै हुनुहुन्छ, भन्नुभयो कि दुवै परियोजनाहरूले चीनसितको सम्बन्धलाई प्रगाढ बनाउने छन् र आर्थिक मूल्यमा वृद्धि गर्ने छन्।