बाङ्गलादेश: मदरासा छात्र नुसरत जहाँ रफीको हत्यामा लिप्त सबै आरोपीहरू गिरफ्तार

बाङ्गलादेशमा मदरासा छात्र नुसरत जहाँ रफीको हत्यामा लिप्त सबै आरोपीहरूलाई गिरफ्तार गरिएको छ। सोनागाछी इस्लामिया मदरासाका छात्र नुसरतलाई ६ अप्रेलका दिन परिक्षाकेन्द्रमा जलाइएको थियो। उनको मृत्यु अप्रेल १० तारिख ढाकामा भएको थियो।

गृह मन्त्री असादुज्जमान खान कमलले भन्नुभयो प्राथमिक रिपोर्टमा नामित व्यक्तिहरू अनि अदालतसमक्ष आरोपीहरूद्वारा आफ्ना दोष-स्वीकृति बयानहरूमा खुलासा गरिएका अन्य व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ। प्रहरीले मदरासाका प्रधानाध्यापकलाई गिरफ्तार गरेको थियो। यस घटनाले बाङ्गलादेशमा देशव्यापी विरोध प्रदर्शनहरू निम्त्याएको छ।