यमनमा सरकारको समर्थनमा रहेको फौज र विद्रोहीहरू बीच चलिराखेको भीषण लडाइँमा ८५ जनाको मृत्यु

यमनको ढले प्रान्तमा सरकारको समर्थनमा रहेको फौज र विद्रोहीहरू बीच चलिराखेको भीषण लडाइँमा ८५ व्यक्तिहरू मारिएका छन्। अधिकारीहरूले बताएअनुसार, होथी विद्रोहीहरूले एक साताभन्दा अधिक समयको लडाइँपछि अन्तर्राष्ट्रिय तवरमा मान्यताप्राप्त सरकारको समर्थनमा रहेको फौजको हातबाट दाम्त जिल्ला र वरिपरिका इलाकाहरूमा पुन: कब्जा गरे।

इरान-समर्थित होथीहरू र सऊदी अगुवाइवाला गठबन्धन-समर्थित राष्ट्रपति अबेद राबो मनसूर हादी सरकार बीचको प्रतिद्वन्द्विताले गर्दा यमन मार्च २०१५ देखि गृह युद्धमा होमिएको छ।