सर्विसेजले फाइनलमा पञ्जाबलाई १-०-ले पराजित गरेर संतोष ट्रफी फुटबलको उपाधि चुम्यो

लुधिआनामा आईतबार संतोष ट्रफी फुटबलको फाइनलमा सर्विसेजले पञ्जाबलाई १-०-ले पराजित गरेर उपाधि चुमेको छ। पहिलो हाफमा दुवै टिमको तर्फबाट कुनै गोल हुन सकेको थिएन्। सर्विसेजले दोस्रो हाफमा गोल गरेको हो।

यसपूर्व पहिलो सेमिफाइनलमा ८ पटकको च्याम्पियन पञ्जाबले ५ पटकको विजेता गोवालाई २-१-ले पराजित गरेर १५-औँ पटक फाइनलमा स्थान बनाएको थियो। त्यस्तै सर्विसेजले कर्नाटकलाई  पेनल्टी शूटआउटमा ४-३-ले पराजित गरेर ११-औँ पटक फाईनलमा स्थान बनाएको थियो।