भारतीय खेलाडीहरूले एसियन एथलेटिक्स च्याम्पियनशिप्सको पहिलो दिन ५ पदकहरू जिते

भारतीय खेलाडीहरूले दोहामा भइरहेको एसियन एथलेटिक्स च्याम्पियनशिप्सको पहिलो दिन ५ पदकहरू जितेका छन्। जेवलिन खेलाडी अन्नु रानी र ३००० मिटर स्टीपलचेस खिलाडी अविनाश सेबलले हिजो रजत पदक जिते।

क्वार्टरमिलर एम. पी. पूवम्मा, ५००० मिटर धाविका पारुल चौधरी र १०००० मिटर धावक गावित मुरली कुमारले कांस्य पदक जिते भने हिमा दास चोटका कारण ४०० मिटर दौडबाट बिहिरिइन्।

दुती चंदले महिलाहरूको १०० मिटर दौडको हिट नम्बर ४-मा जित हासिल गरेर सेमिफाइनलमा स्थान बनाएकी छन्। उनले यो दूरी ११.२८ सेकेण्डमा पूरा गरेकी हुन्। उनले गत वर्ष गुवाहाटीमा ११.२९ सेकेण्डमा बनाएको आफ्नै राष्ट्रिय रेकर्डलाई पनि तोडेकी छन्।

अन्य शीर्ष भारतीय खेलाडीहरू आ-आफ्नो स्पर्धाको अर्को चरणमा अगाडी बढेका छन्। तिनीहरूमा जिनसन जोनसन (पुरूष ८०० मिटर), मुहम्मद अनस र अरोकिया राजिव (दुवै पुरूष ४०० मिटर), प्रवीन चित्रवेल (पुरूष ट्रिपल जम्प) अनि गोमती मारीमुथु (महिला १५०० मिटर) सामेल छन्।