बाङ्गलादेशमा स्थानीय सरकारका सबै चुनावहरू अब ईभीएम-को माध्यमबाट हुने

बाङ्गलादेशमा अब स्थानीय सरकारका सबै चुनावहरू इलेक्ट्रोनिक भोटिङ्ग मसिन (ईभीएम)-को माध्यमबाट आयोजित हुनेछ।

बाङ्गलादेशको निर्वाचन आयोगका सचिव हेलालुद्दीन अहमदले भन्नुभयो, ईभीएम उच्च प्रौद्योगिकीबाट समृद्ध छ र बाङ्गलादेश सरकार स्थानीय चुनावहरूमा यसको प्रयोग गर्नको लागि पूर्ण रूपमा तयार छ।

बाङ्गलादेशको निर्वाचन आयोगले तेस्रो लिङ्गी नागरिकहरूलाई मतदाता सूचीमा सामेल गर्ने निर्णय पनि गरेको छ। श्री अहमदले भन्नुभयो, निर्वाचन आयोगले कुनै पनि रोहिङ्ग्या तथा विदेशी नागरिकहरूलाई मतदाता सूचीमा सामेल गर्ने छैन।