बालीमा अगुङ्ग पर्वत ज्वालामुखी विस्फोट

इन्डोनेसियाको बाली विश्रामस्थलमा हिजो अगुङ्ग पर्वत ज्वालामुखीमा विस्फोट हुनाले आकाशमा दुई किलोमिटर माथिसम्म खरानीको मुस्लो उठेको छ।

राष्ट्रिय आपदा विमोचन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले भनेअनुसार यो विस्फोट स्थानीय समयानुसार बिहान ८ बजेर २३ मिनेटमा सुरु भएको थियो जसबाट ज्वालामुकीको दक्षिणपश्चिमतिर खरानी र धुआँको मुस्लो उठेको छ।

प्रवक्ताअनुसार खरानीले मानिसहरूको श्वासतन्त्रलाई प्रभावित गर्ने डरमाझ समुदायका मानिसहरूमा हजारौँ मास्कहरू वितरण गरिएका छन्। सो विस्फोटपछि हताहतीको कुनै खबर छैन। अगुङ्ग पर्वत पर्यटक स्थल कुटाबाट करिब ७० किलोमिटर टाढा करङ्गसेम जिल्लामा पर्दछ। सन् १९६३-मा भएको पछिल्लो ज्वालामुकी विस्फोटमा १,१०० भन्दा बढी मानिसहरूको ज्यान गएको थियो।