साऊदी र संयुक्त अरब एमिरेट्सद्वारा सुडानलाई ३ अर्ब डलरको आर्थिक सहायता

साऊदी अरब र संयुक्त अरब एमिरेट्सले आइतवार सुडानमा लामो समयदेखिका नेता ओमर अल-बशीरलाई अपदस्थ गरिएपछि सुडानका जनताका लागि तीन अर्ब डलरको आर्थिक सहायता दिने घोषणा गरेका छन्।

एमिरेट्स समाचार एजेन्सीले खबर दिएअनुसार यो सहायतामा सुडानको नगदी एवम् मौद्रिक भण्डारलाई मजबुत पार्नका लागि  सुडानको केन्द्रीय बैंकमा ५० करोड अमेरिकी डलर जम्मा गरिनु सामेल छ। बाँकी रकम खाद्य, औषधि, र इन्धनहरू निम्ति सुडानका जनतालाई सहायताको रूपमा दिइनेछ।

यसअघि, संयुक्त अरब एमिरेट्सले सुडानको संक्रमणकालीन सैन्य परिषदलाई जनता र सम्पत्तिको सुरक्षा गर्ने आग्रह गर्दै यो सहायताले मुलुकको सुरक्षा र स्थिरता सुनिश्चित हुने कामना गरेको थियो।