रसियाका प्रधान मन्त्री युक्रेनको नयाँ नेताका साथ राम्रो सम्बन्ध बनाउने अवसर खोज्दै

रसियाका प्रधान मन्त्री दिमित्री मेदवेदेवले युक्रेनका राष्ट्रपति पदमा निर्वाचित वोलोदिमीर जेलेन्स्कीको नेतृत्त्वमा युक्रेनका साथ सम्बन्ध सुधार्ने अवसर प्राप्त बताउनुभएको छ।

आइतवार भएको चुनाउमा श्री जेलेन्स्कीले बहुमतका साथ जित हासिल गर्नुभएपछि प्रतिक्रिया व्यक्त गर्दै श्री मेदवेदेवले भन्नुभयो, दुइ मुलुकहरूबीच सम्बन्ध सुधार्ने  अवसर प्राप्त भएको छ। एउटा फेसबुक पोस्टमा उहाँले भन्नुभयो, चुनाउ परिणामले युक्रेनका समस्याहरूको समाधान गर्नका लागि नयाँ पहल गर्ने एउटा स्पष्ट माग गरिएको देखाएको  छ।

२०१४-मा क्रेमलिन समर्थित नेतालाई सत्ताच्यूत गरिएपछि युक्रेन र रसियाबीच सम्बन्ध चिसिएको हो।