अमेरिकाले मई २ तारिखपछि ईरानबाट तेल खरीद गर्ने कुनैपनि देशलाई प्रतिबन्धबाट छूट दिने छैन

अमेरिकाले ईरानबाट अझ पनि तेल खरीद गरिरहेका मुलुकहरूका लागि प्रतिबन्धहरूबाट छूटको अन्त्य गर्ने निर्णय गरेको छ। ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेअनुसार पाँच देशहरू – भारत, चीन, जापान, दक्षिण कोरिया र टर्कीलाई मई २ तारिखसम्म दिइएको छूटपछि ईरानबाट तेल आयात गर्न जारी राखेको खण्डमा अमेरिकी प्रतिबन्धहरूबाट छूट दिइने छैन।

यो घोषणापछि अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले पत्रकारहरूलाई जानकारी दिएअनुसार सो म्यादपछि  ईरानबाट तेल आयातमाथि प्रतिबन्धबाट कुनै छूट दिइने छैन, साथै उहाँले यी मुलुकहरूलाई त्यसपछि कुनै छुट अवधि दिइने छैन भन्नुभयो। ईरानले उसको तेल क्षेत्रमाथि अमेरिकाको प्रतिबन्धलाई गैर-कानुनी भन्दै निन्दा गरेको छ।