आईपीएल क्रिकेट २०१९: दिल्ली क्यापिटल्सबाट राजस्थान रोयल्स ६ विकेटले पराजित

इन्डियन प्रीमियम लीग (आईपीएल) क्रिकेट २०१९-अन्तर्गत सोमबार जयपुरमा खेलिएको म्याचमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। दिल्लीले टस जितेर राजस्थानलाई पहिला ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो।

राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो। जबाफी ब्याटिङ्ग गरेको दिल्ली क्यापिटल्सले १९२ रनको विजय लक्ष्य ४ बलहरू बाँकी रहँदा पूरा गऱ्यो।

आज चेन्नईमा सन राइजर्स हैदराबाद र चेन्नई सुपर किङ्ग्स बीच मुकाबिला हुनेछ।