साऊदी अरबले आतङ्की हमलाहरूको षडयन्त्र रचेको सन्दिग्ध १३ जनालाई पक्राउ गरेको छ

साऊदी अरबले आइतवार सुरक्षा सैनिकहरूद्वारा असफल तुल्याइएको आतङ्की हमलासित सम्बन्धित १३ जनालाई पक्राउ गरेको छ। साऊदी प्रेस एजेन्सी (एस.पि.ए.)-ले खबर दिएअनुसार राज्य सुरक्षाको साऊदी प्रेसिडेन्सीका प्रवक्ताले १३ जना व्यक्तिहरूलाई जाँचका परिणामहरूको आधारमा गिरफ्तार गरिएको हो, तिनीहरूले अधिराज्यको सुरक्षालाई निसाना बनाउँदै आपराधिक कृत्य गर्ने षडयन्त्रहरू गरेका थिए।

एस.पि.ए.-को ट्वीटर ह्यन्डलले गिरफ्तार १३ व्यक्तिहरूका नाम र फोटोहरूका साथै तिनीहरूका राष्ट्रिय पहिचान संख्याहरू जारी गरेको छ। सुरक्षा अधिकारीहरूअनुसार तिनीहरू लुकेर बसेको ठाउँमा हातहतियार र विस्फोटकहरूको ठुलो भण्डार फेला परेको छ।

राज्य सुरक्षाको साऊदी अरब प्रेसिडेन्सीले आइतबार सुरक्षा अधिकारीहरूद्वारा उत्तरी रियाधको जुल्फी प्रान्तमा एउटा गुप्तचर केन्द्रलाई निसाना बनाउँदै गरिएको एउटा आतङ्की हमलालाई सफलतापूर्वक असफल पारेको बताएको थियो। रिपोर्टहरूअनुसार रियाधको उत्तरपश्चिममा साऊदी राज्य सुरक्षा भवनमाथि असफल हमलाको जिम्मेबारी आइ.एस.आइ.एस.-ले दावी गरेको छ।