कोलम्बियामा पहिरोले पुरिएर मृत्यु हुनेहरूको संख्या २० पुग्यो

कोलम्बियाको दक्षिण पश्चिम भागमा भीषण पहिरोले पुरिएर मृत्यु हुनेहरूको संख्या २० पुगेको छ। कोलम्बियाको  आपदा जोखिम प्रबन्धन एजेन्सीले आफ्नो ट्विटर सन्देशमा भनेको छ, उद्धार कार्यको बेला थप एक नानीसहित दुइजनाको शव भेटिएपछि यो संख्या बढेको हो। रोसासमा भएको यस आपदामा थप १० जना अझपनि वेपत्ता छन् र उनीहरूको खोजी कार्य भइरहेको छ। मुलुकमा केही सातादेखि मुसलधारे वर्षा भएपछि पहिरो गएको थियो।