सामुदायिक सुरक्षाका लागि धर्महरूको गठबन्धनले श्रीलङ्का हमलाहरूमाथि दुःख प्रकट गरेको छ

सामुदायिक सुरक्षाका लागि धर्महरूको गठबन्धनले श्रीलङ्काको राजधानी कोलम्बोमा गीर्जाघरहरू र होटेलहरूलाई निसाना बनाएर गरिएका आतङ्की हमलाहरूमाथि दुःख प्रकट गरेको छ।

एक विज्ञप्तिमा गठबन्धनले यी हमलाहरूको भर्त्सना गरेको छ र यसप्रकारका हिंसा र आतङ्कवादका कृत्यहरूलाई अस्वीकार गर्नमा सबै धर्महरूको ऐक्यबद्ध अडान रहेको छ भनेको छ। गठबन्धनले हमलाका प्रभावहरूको सामना गर्नमा श्रीलङ्काको सरकार र जनताको साथमा आफ्नो ऐक्यबद्धता व्यक्त गरेको छ, अनि अन्तर्राष्ट्रिय समुदाय तथा धार्मिक एवम् सभ्य सामाजिक सङ्गठनहरूलाई अन्तर्राष्ट्रिय सुरक्षा र स्थिरतालाई खतरा आतङ्कवादको मुकाबिला गर्नमा सहयोग गर्ने आह्वान गरेको छ।

यो गठबन्धनको स्थापना 2017-मा रोममा भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनको बेला गरिएको थियो जब संयुक्त अरब एमिरेट्सले विश्वभरका धार्मिक नेताहरूकोलागि एउटा मञ्चको आयोजना गर्ने विचार प्रस्तावित गरेको थियो।