बजरङ्ग पुनियाले एसियाली कुस्ती च्याम्पियनशिपमा स्वर्ण पदक जिते

 

भारतले मङ्गलवार चीनको शियानमा एसियाली कुस्ती च्याम्पियनशिपमा एउटा स्वर्ण, एउटा रजत र एउटा काँस्य पदक जित्यो।

विश्वमा नम्बर एक बजरङ्ग पुनियाले स्वर्ण पदकका लागि मुकाबिलामा लगातार १०प्वाइन्ट अर्जित गरे र आफ्नो एसियाली च्याम्पियशिपको ताजमाथि पुनर्कब्जा गरे। उनले ६५ किलो पुरुष फ्रीस्टाइल को फाइनलमा कजाख्स्तानका सायातबेक ओकासोभलाई १२-७ प्वाइन्टले पराजित गरे।

यो बजरङ्गको यो च्याम्पियशिपमा दोस्रो स्वर्ण पदक हो। उनले पहिलो स्वर्ण पदक २०१७-मा जितेका थिए।

अर्को भारतीय पहलमान प्रवीण राना 79 किलोग्राम वर्गमा  ईरानका बाहमन मोहम्मद तैमुरीबाट फाइनलमा पराजित भएर रजत पदक हासिल गर्न सफल भए। ९७किलग्राम वर्गमा सत्यवर्त काडिआनले चीनका हाओबिन गाओलाई पराजित गरेर काँस्य पदक हासिल गरे।