श्रीलङ्काका राष्ट्रपति सिरिसेनाद्वारा आतङ्कवादविरुद्ध कारबाहीको आश्वसन

 

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रलाई के आश्वासन दिनुभएको छ भने उहाँले आतङ्कवादलाई रोक्न तथा तुरुन्तै स्थिति सामान्यीकरणका लागि पाइलाहरू सार्नुहुनेछ। उहाँले उच्च सुरक्षा पदहरूमा तत्काल परिवर्तनहरू गर्नुहुनेछ किनभने जिम्मेवारीहरू निर्वाहमा लापरवाही भएको छ भन्नुभयो।

राष्ट्रपतिले भन्नुभएअनुसार हमलाहरूबारे गुप्तचर सूचनाहरू थिए, तर त्यसबारे उहाँलाई जानकारी दिइएको थिएन। आतङ्की हमलाहरूमा संलिप्त रहेका कम्तिमा १८  सन्दिग्धहरूलाई पक्राउ गरिएको छ।

त्यसअघि, प्रधान मन्त्री रनिल विक्रमेसिङ्घेले सुरक्षा सैनिकहरू अरू हमलाहरू रोक्ने प्रयासमा छन्। उहाँले भन्नुभएअनुसार हमलाहरूबारे भारतले विशेष गोप्य सूचनाहरू साझा गरेको थियो र आतङ्कवाको सम्बन्धमा दुई मुलुकबिच मजबुत सहयोग छ। यी हमलामा आइ.एस.आइ.एस.-को  संलिप्तताबारे अन्वेषणहरू भइरहेको उहाँले बताउनुभयो।