लोकसभा चुनावको तेस्रो चरणमा 66 प्रतिशत मतदान

 

लोकसभा चुनावको तेस्रो चरणमा हिजो ६६प्रतिशत मतदान दर्ज गरियो। हिजो साँझ मीडियालाई जानकारी दिँदै वरिष्ठ उप चुनाव आयुक्त उमेश सिन्हाले ११६ निर्वाचन क्षेत्रहरू र अनन्तनाग जिल्लामा अनन्तनाग लोकसभा निर्वाचन क्षेत्रमा  सानातिना घटनाहरूबाहेक मतदान शान्तिपूर्ण रह्यो भन्नुभयो।

श्री सिन्हाले भन्नुभएअनुसार ५४३ लोकसभा निर्वाचन क्षेत्रहरूमध्ये ३०३ निर्वाचन क्षेत्रहरूमा मतदान पूरा भएको छ। मतदाताहरू आफ्ना मताधिकारको प्रयोग गर्न ठुलो संख्यामा आएका उहाँले बताउनुभयो। त्रिपुरामा ७९.६४ प्रतिशत मतदान भयो भने त्यसपछि पश्चिम बङ्गालमा ७८.९७प्रतिशत, असममा ७४.०५ प्रतिशत, केरलमा ७३.०६, दमन र ड्युमा ७३ प्रतिशत, दादर एवम् नागर हवेलीमा ७१४३ प्रतिशत, गोवामा ७०.९० प्रतिशत, छत्तीसगढमा ६४.०२, कर्नाटकमा ६०.४२, गुजरातमा ५९, बिहारमा ६०, महाराष्ट्रमा ६२, उत्तर प्रदेशमा ६०.५२ र जम्मू एवम् कश्मीरमा १२.८६ प्रतिशत मतदान दर्ज गरियो। ओडिशामा लोकसभा र विधान सभा दुवैका लागि एकसाथ भएको मतदानमा ६४प्रतिशत मतदान दर्ज गरियो।