लोकसभा चुनावका बाँकी चरणहरूका लागि प्रचार अभियानमा तेजी

 

लोकसभा चुनावका बाँकी चरणका लागि चुनाव प्रचार अभियानले विभिन्न पार्टीका नेताहरूद्वारा देशभर चुनाव ऱ्यालीहरूलाई सम्बोधनका साथ गति समातेको छ।

वरिष्ठ भाजपा नेता एवम् प्रधान मन्त्री नरेन्द्र मोदीले ओडिशाका केन्द्रपाडा र बालासोरमा चुनाव ऱ्यालीहरूलाई सम्बोधित गर्नुभयो। विगत पाँच वर्षमा भाजपा-को नेतृत्वमा सरकारविरुद्ध भ्रष्टाचारको एउटा पनि मामिला सामुन्ने नआएको र झुट्टा आरोपहरू लगाउने आफै विकट स्थितिमा परेका छन् भनी उहाँले भन्नुभयो। श्री मोदीले भन्नुभएअनुसार एन.डि.ए. सरकारले विकासका लाभहरू देशका गरिबभन्दा गरिब जनतासम्म पुगोस् भन्ने कुरा सुनिश्चित गर्नका लागि प्रविधिको प्रयोग गरिरहेको छ।

बिजु जनता दलका अध्यक्ष एवम् ओडिशाका मुख्य मन्त्री नवीन पटनायकले पनि हिजो कटक र भद्रक जिल्लाका विभिन्न स्थानहरूमा जनसभाहरूलाई सम्बोधित गर्नुभयो। उहाँले जनतालाई अन्य पार्टीहरूका दुष्प्रचारबाट भ्रमित नहुन आग्रह गर्नुभयो।

पश्चिम बङ्गालको असनसोलमा मङ्गलबार एउटा चुनाव ऱ्यालीलाई सम्बोधित गर्दै श्री मोदीले उहाँको सरकार सत्तामा आएको खण्डमा पश्चिम बङ्गालमा सरकारले गरिबहरूको उपचारका लागि आयुष्मान भारत योजना  लागू गर्ने छ। मुख्य मन्त्री ममता ब्यानर्जीले यो योजनाको विरोध गर्दै आउनुभएको छ। साथै उहाँले राज्यमा अतिक्रमणको राजनीतिको यथोचित समाधान गर्ने छ भन्नुभयो।

तृणमूल कँग्रेस प्रमुख सुश्री ममता ब्यानर्जीले हुगली जिल्लामा विभिन्न ऱ्यालीहरूमा प्रधान मन्त्रीको आलोचना गर्नुभयो।

कँग्रेस अध्यक्ष राहुल गान्धीले राजस्थानको डुङ्गरपुर र मध्य प्रदेशको शाहडोल जिल्लामा चुनाव ऱ्यालीहरूलाई सम्बोधित गर्नुभयो। उहाँले सत्तामा आएको खण्डमा पार्टीले आगामी एक वर्षमा २२ लाख मानिसहरूलाई रोजगार दिनेछ भन्नुभयो।