२९औँ अबु धाबी अन्तर्राष्ट्रिय पुस्तक मेला: भारत सम्मानित अतिथिको रूपमा मनोनित

आजदेखि सुरु भएको २९औँ अबु धाबी अन्तर्राष्ट्रिय पुस्तक मेलामा भारत “सम्मानित अतिथि”-को रूपमा मनोनित भएको छ। युएई-मा भारतीय राजदूत नवदीप सिंह सुरीले भन्नुभयो सम्मानित अतिथिको रूपमा भारतको मनोनयनले युएई र भारतका नेतृत्व तथा मानिस बीच रहेको मजबुत सम्बन्धलाई प्रतिबिम्बित गर्दछ। उहाँले थप बताउनुभयो कि भारतका ३० प्रकाशन हाउसहरूले यो मेलामा भाग लिनेछन्।
प्रकाशन प्रभागबाट एक तीन सदस्यीय टोलीले पनि यो  मेलामा सहभागिता गर्दैछ। १५०औँ जयन्ती उत्सवको हिस्साको रूपमा महात्मा गान्धीको जीवनी र संघर्षमाथि आधारित किताबहरूलाई पनि प्रदर्शनीमा राखिनेछ। अन्तर्राष्ट्रिय पाठकहरूसम्म पुग्ने प्रयासमा प्रकाशन प्रभागले महात्मा गान्धीका सङ्कलित कार्यहरूको १०० भल्यूम सिरिजमाथि एउटा विशेष प्रस्तुति पनि पेस गर्नेछ। यो वार्षिक आयोजना मध्यपूर्व र उत्तर अफ्रीकामा प्रकाशनको क्षेत्रमा एउटा ठूलो समारोह हो। यो मेलाको समापन अप्रेल ३० तारिख हुनेछ।