नाइजेरियामा बन्दुकधारीहरूद्वारा १० जनाको हत्या, २ महिलाहरूको अपहरण

नाइजेरियाको कात्सिना राज्यमा मोटरसाइकलमा सवार बन्दुकधारीहरूले १० जनाको हत्या गर्नुका साथै २ महिलाहरूको अपहरण पनि गरेका छन्।

हत्याराहरूले गाउँमा प्रवेश गरेर वाहनहरू तथा सम्पत्तिहरूमा गोलाबारी र आगजनी सुरु गरेका थिए। प्रहरी अधिकारीहरूले बन्दुकधारीहरूको पिछा गरेका थिए तर उनीहरूलाई पक्राउ गर्न असमर्थ रहे।

नाइजेरियाको राजधानी अबुजादेखि लगभग ३५० किलोमिटर उत्तरमा अवस्थित कात्सिना राज्यमा हालका महिनाहरूमा हिंसक हमलाहरू सुरु भएको छ।

हत्याराहरूको कुनै  वैचारिक एजेण्डा थिएन। उनीहरू डकैती, फिरौतीको लागि अपहरण र चोरीको लागि गाउँमा नियमित रूपमा जाने गर्थे।

सुदूर इलाकाहरूमा सुरक्षाकर्मीहरूको कमीलाई ध्यानमा राख्दै ग्रामीण समूदायका मानिसहरूले सुरक्षाको लागि आत्मरक्षा सैन्य बलको गठन गरेका छन्।