इण्डोनेसियाद्वारा रामायणको थीममाथि विशेष स्मारक डाक टिकट जारी

इण्डोनेसियाले भारतसित आफ्नो कुटनीतिक सम्बन्धहरूको ७०-औँ वर्षगाँठको अवसरमा मङ्गलबार रामायणको थीममाथि विशेष स्मारक डाक टिकट जारी गरेको छ।

एउटा वक्तव्यमा जकार्तास्थित भारतीय दूतावासले हिजो भनेको छ, प्रसिद्ध इण्डोनेसियन मूर्तिकार पद्मश्री बापक नोमन नुराटाद्वारा डिजाइन गरिएको यस स्टाम्पमा रामायणको एउटा दृश्य प्रदर्शित गरिएको छ, जसमा जटायुले भगवान सीतालाई बचाउनको लागि बहादुरीका साथ लडाइ लडेका थिए।

वक्तव्यमा भनिएको छ, स्टाम्पको एउटा विशेष रूपले हस्ताक्षरित संस्करण जकार्तास्थित फिली संग्रहालयमा प्रदर्शित गरिनेछ।

भारतीय राजदूत प्रदीप कुमार रावत र इण्डोनेसियाका उप-विदेश मन्त्री अब्दुर्रहमान मोहम्मद फकीरले यस कार्यक्रममा हिस्सा लिनुभएको थियो।