शिवा थापा र एल सरिता देवी एसियन बक्सिङ्ग च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश

अनुभवी खेलाडी एल सरिता देवी (६० किलोग्राम) र शिवा थापा (६० किलोग्राम) मङ्गलबार बैङ्ककमा चलिरहेको   एसियन बक्सिङ्ग च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

चार महिलाहरू र चार पुरूषहरू गरी कुल आठ भारतीय बक्सरहरू यसपूर्व क्वार्टर फाइनलको दोस्रो दिनको खेलबाट सेमिफाइनलमा प्रवेशमा गरेका थिए।

२५ वर्षिय थापाले एकतर्फी लाइटवेट मुकाबिलामा थाईल्याण्डका रूजाकर्न जुनत्रोङ्गलाई ५-०-ले पराजित गरे।

त्यस्तै महिला वर्गमा पूर्व विश्व च्याम्पियन एल सरिता देविले कजाखस्तानकी रिम्मा वोल्सेनको-लाई पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरिन्।