आईपीएल क्रिकेट २०१९: चेन्नई सुपर किङ्ग्सबाट सनराइजर्स हैदराबाद ६ विकेटले पराजित

इन्डियन प्रीमियम लीग (आईपीएल) क्रिकेट २०१९-मा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ। हिजो राति चेन्नईमा खेलिएको म्याचमा आयोजक चेन्नई सुपर किङ्ग्सले हैदराबादबाट दिइएको १७६ रनको विजय लक्ष्य १ बल बाँकी रहँदै पूरा गरेको हो। चेन्नईको लागि शेन वाटसनले ५३ बलहरूमा सर्वाधिक ९६ रनको योगदान गरे भने सुरेश रैनाले ३८ रन बनाए।

यसपूर्व पहिला ब्याटिङ्ग गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको थियो। हैदराबादका लागि मनिष पाण्डेले अविजित रहेर ४९ बलहरूमा ८३ रन बनाए भने डेविड वोर्नरले ४५ बलहरूमा ५७ रनको योगदान गरे। हरभजन सिंहले दुइ विकेट लिए।

आज रोयल च्यालेन्जर्स बेङ्गलोरको मुकाबिला किङ्ग्स XI पञ्जाबसित हुनेछ। म्याच राति ८ बजेदेखि सुरु हुनेछ।