सऊदी अरबमा सामुहिक फाँसी दिएको घटना भयानक र घृणित रहेको राष्ट्रसंघ मानवाधिकार संगठन प्रमुखको भनाइ

 

राष्ट्रसंघ मानवाधिकार संगठन प्रमुख मिशेल बचेलेटले सऊदी अरबमा तीन अवयस्कसहित ३७ मानिसहरूलाई सामुहिक फाँसी दिइएको घटना भयानक र घृणित रहेको बताउनुभएको छ।

आतङ्कवादसित सम्बद्ध अपराधमा ती व्यक्तिहरूलाई फाँसी दिइएको हो।

संगठनको कार्यालयअनुसार अधिकारवादी कार्यालयहरूबाट पटक-पटक चेतावनी दिइएको भएपनि मंगलवार सऊदी अरबका ६ शहरहरूमा ती अपराधीहरूलाई फाँसी दिइएको थियो।

सुश्री बचेलेटले सऊदी अरबलाई आफ्नो आतङ्कवाद निरोधी विधानको समीक्षा गर्ने आग्रह गर्दै अवयस्कलाई फाँसीको सजाय नदिन र बाँकी रहेका अपराधीहरूको फाँसीको सजायमाथि रोक लगाउन भन्नुभएको छ।