जम्मू एवम् कश्मीरमा यो वर्ष अहिलेसम्म ७० आतङ्कीहरूलाई मारिएको छः राज्य प्रहरी प्रमुख

 

जम्मू एवम् कश्मीरमा यो वर्ष अहिलेसम्म जैश-ए-मोहम्मदका ४६ लगायत ७० आतङ्कीहरूलाई संयुक्त सुरक्षा ग्रिडले मारीसकेको छ।

सुरक्षा ग्रिडले भनेअनुसार आतङ्कीहरूको भर्तीमा कमी र कश्मीर क्षेत्रमा ढुङ्गा हान्ने घटनाहरूमा गिरावटको कारण धरातलमा समग्र स्थितिमा उल्लेखनीय सुधार भएको छ।

बुधवार श्रीनगरमा एउटा संयुक्त संवाददाता सम्मेलनलाई सम्बोधित गर्दै राज्य प्रहरी प्रमुख दिलबाग सिंहले आतङ्कीहरूको मुकाबिला गर्नमा वर्ष २०१८ एक सफल वर्ष रहेको छ भन्नुभयो।

यसको परिणामस्वरूप स्थानीय रूपमा आतङ्कीहरूको भर्तीमा कमी आएको छ जो एक स्वस्थ सङ्केत हो भनी उहाँले भन्नुभयो।

यो वर्ष मारिएका करिब ७० आतङ्कीहरूमध्ये ४६ जैश आतङ्कीहरू थिए जसमा उसको शीर्ष कमान्डरहरू पनि थिए, साथै कैयौँ आतङ्की सङ्गठनहरूलाई पनि सखाप पारिएको उहाँले बताउनुभयो।

१५ कोरका जि.ओ.सि. लेफ्टिनेन्ट जनरल के.जे.एस. ढिल्लोँले यस वर्ष कैयौँ दर्जन जैश आतङ्कीहरू मारिएका हुनाले उपत्यकामा तिनीहरूका सङ्गठनका लागि कुनै नेतृत्व बाँचेको छैन भन्नुभयो।

उहाँले स्थानीय आतङ्कीहरूलाई समर्पण गरेर मुख्य धारामा सामेल हुने आह्वान गर्नुभयो। उहाँले युवाहरूलाई भिडन्त स्थलहरूतिर नजाने सल्लाह पनि दिनुभयो।

हाम्रा श्रीनगर संवाददाताले खबर दिएअनुसार संवाददाता सम्मेलनको बेलामा हालैमा गिरफ्तार पाकिस्तानी लश्कर-ए-तइबाले संक्षेपमा २०१७-मा आफ्नो कश्मीरमा प्रवेश र मुजफ्फराबादमा उसलाई चार महिनासम्म शस्त्राश्त्र तालिमबारे बतायो।