भारतीयहरूलाई लिबिया छोड्नमा मद्दतका लागि १७ समन्वयकहरूको नियुक्तिः परराष्ट्र मामिला मन्त्री सुषमा स्वराज

 

परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले बुधवार भन्नुभएअनुसार भारतीयहरूलाई लिबिया छोड्नमा मद्दतका लागि १७ समन्वयकहरू नियुक्त गरिएको छ।

एक ट्वीटमा श्रीमती स्वराजले भारतीय दूतावासले उनीहरूलाई उनीहरूका भिसा सकिएको स्थितिमा समेत एक्जिट भिसा दिलाउनमा मद्दत गरिरहेको छ भन्नुभयो।

हाल विमान स्थल  क्रियाशील छ भन्दै उहाँले लिबियामा रहेका भारतीयहरूलाई यो अवसरको फाइदा हासिल गर्ने आग्रह गर्नुभएको छ।

त्यसअघि परराष्ट्र मामिला मन्त्रीले लिबियाको त्रिपोलीमा बसोबासो गरिरहेका भारतीयहरूलाई त्यो युद्ध जर्जरित मुलुक तुरुन्तै छोड्न भन्नुभएको थियो किनभने पछि उनीहरूलाई बचाएर निकाल्न भारत सरकार सक्षम हुने छैन।